तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा हट्यो दोहोरो थ्रेस होल्ड

पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हट्ने भएको छ । साढे ३ वर्षपछि आएर मात्र त्यो व्यवस्था संशोधन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिएको हो । संविधान अनुसार प्रदेशसभामा दलीय हैसियत पाउन डेढ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ ।

दलीय हैसियत पाउन १ सिट प्रत्यक्ष जित्नैपर्छ । प्रतिनिधिसभाका लागि भने यस्तो थ्रेसहोल्ड ३ प्रतिशत कायम गरिएको छ । जनमोर्चा र जसपा दुवैले डेढ प्रतिशत थ्रेसहोल्ड कटाएका हुन् । जनमोर्चाले २ सिट प्रत्यक्ष जितेको छ भने जसपाले १ सिट जितेको छ । प्रदेशमा दुवै पार्टीका १र १ जना समानुपातिक सांसद रहेका छन्

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोहोरो मापदण्ड हटाउने निर्णय गरेको हो । प्रदेशसभामा पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनमा १० प्रतिशत थ्रेस होल्ड कटाएका दललाई मात्रै दलको हैसियत दिइएको थियो ।थ्रेस होल्ड हटाएसँगै अव दुवै पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक तोक्न र सोही अनुसार सुविधा लिन पाउने छन् ।

यस अघि संसदीय दल भए पनि दुवैले दलअनुसार सुविधा पाएका थिएनन् । २०७४ सालमा बनाइएको प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिकसम्बन्धी ऐनमा सुविधाका लागि १० प्रतिशत थ्रेस होल्ड कायम गरेपछि जनमोर्चा र जसपा सुविधाबाट वञ्चित हुँदै आएका थिए । नयाँ सरकार गठनका बेला तत्कालीन गठबन्धनमा दोहोरो थ्रेस होल्ड हटाउने समझदारी बनेको थियो ।

अब गण्डकीमा कसैलाई पनि दोहोरो थ्रेस होल्ड लाग्दैन । जनमोर्चा र जसपाले पनि दलको सचेतक वा दलको नेताको हैसियतले सुविधा लिन सक्ने ,’ गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताउनुभयो , ‘मन्त्रिपरिषद् गरेको निर्णय प्रदेशसभामा पुगेपछि मात्रै त्यहाँ छलफल भएर पारित गरिन्छ ।’ सरकारले गरेको निर्णय संसद्मा पेस हुनेछ । संसदबाट बहुमतले पारित भएपछि यो नियम कार्यान्वयनमा आउने खड्गाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button