धनकुटामा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ५७ पुग्यो
धनकुटा । धनकुटामा कोरोना संक्रमित सङ्ख्या २ हजार २ सय ५७ पुगेको छ ।
आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ५७ पुगेको हो । आज १५ जना निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या २ हजार ४५ पुगेको प्रदेश १ कोरोना संक्रमण व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै गरी २ हजार ९ सय ६९ जनाको कोरोना परिक्षण गरिएको छ । हाल सक्रिय सङ्क्रमितको १ सय ८६ जना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्