तपाईँ सुन्दै हुनुहुन्छः

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । 

कारागारमा पुरुष कैदीबन्दी ९५ र महिला कैदीबन्दी २० जना राख्ने क्षमता रहेको छ । तर हाल कारागारमा २२ महिला र तीन सय ८८ पुरुष गरी चार सय १० जनालाई राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समस्या भएको छ । बस्ने ठाउँको अभाव हुँदा कैदीबन्दीलाई ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था बिलाइएको छ । 

कैदीबन्दीको सङ्ख्या अधिक हुँदा कारागार भित्र खुट्टा टेक्ने ठाउँ समेत नभएको कारागारका जेलर माया कुमारी बस्नेत थापाले बताउनुभयो  ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button