तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा जारी निषेधाज्ञा साउन २१ गतेसम्म थपियो

धनगढी  । कैलालीमा जारी निषेधाज्ञा साउन २१ गते सम्म थप गरिएको छ । 

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा अवधि थप गरिएको जिल्ला  प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी निषेधाज्ञालाई साउन २१ गतेसम्म निरन्तरता दिइएको जानकारी दिनुभयो ।  

पूर्व निर्धारित परीक्षा सञ्चालन गर्दा बढीमा २५ जना मात्र सहभागी हुने गरी व्यवस्था मिलाउन तथा बजार, होटेल, यातायातका साधन यथावत् रुपमा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button