बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ

काभ्रेपलान्चोक । जिल्लामा बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का विनय मैनाली रहेका छन् ।
मैनालीलाई बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७ दिन कैद, ७६ लाख जरिवाना र ३ लाख १५ हजार क्षतिपूर्ति भराउने ठहरसहित फैसला सुनाएको थियो ।
अदालतको फैसला पश्चात् मैनाली फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको हो ।
मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्