लागु औषधसहित चार जना पक्राउ
टीकापुर कैलाली । कैलालीको टीकापुरबाट प्रहरीले लागु औषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका वडा नम्बर ३ लक्कडका २९ वर्षीय रञ्जित कठरीया, २१ वर्षीय राहुल कठरीया, लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २५ वर्षीय विशाल सिंह र २२ वर्षीय एकेन्द्र बम रहेका छन् ।
प्रहरी चौकी कालाकुण्डाका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कार्की र सशस्त्र प्रहरी बल बिओपी कालाकुण्डाका सशस्त्र प्रहरी नायव निरीक्षक केशव गोइलाको कमाण्डमा खटिएको संयुक्त टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ जटाशंकर घाटबाट ५ ग्राम २२० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गए राति पक्राउ परेका उनीहरू चारै जनालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्