तपाईँ सुन्दै हुनुहुन्छः

१२ लाख बढीको अवैध कपडासहित चालक र ट्रक नियन्त्रणमा

बीरगंज । रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ट्रकमा ‘फल्स बटम’ बनाई १२ लाख मूल्य भन्दा बढीको भारतीय कपडा ल्याइरहेको अवस्थामा कपडासहित ट्रक र चालकलाई भारतको रक्सौल भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका छन् । 


रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ८६ नम्बरको ट्रकलाई गोप्य सूचनाका आधारमा रक्सौल भन्सारका कर्मचारीले चेकजाँच गर्दा ट्रक भित्रको फल्स बटममा १२ पोका कपडा बरामद गरिएको रक्सौल भन्सारले जनाएको छ । 

रक्सौल भन्सारका इन्स्पेक्टर नरेश कुमारले नेपाली नम्बरको ट्रकभित्र लुकाएर राखिएको १२ पोका कपडा बरामद भएको बताउनुभयो ।

 
अवैध रुपमा नेपालतर्फ लुकाइछिपाई ल्याउन लागेको अवस्थामा भारतीय साडी, सर्टिङ, सुटिङ, सुटलगायत कपडा रहेको रक्सौल भन्सारका कर्मचारी आशुतोष कुमार सिंहले बताउनुभयो । 


ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको भन्सारका इन्स्पेक्टर कुमारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button