बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गेरुवा गाउँपालिका १ का ६४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७५ जना र बाँकेका ३२१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्