तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा साउन १४ गतेसम्म निषेधाज्ञा थप

बागलुङ । कोरोनाका सक्रिय संक्रमित २ सय जनाभन्दा कम नभएसम्म निषेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थप गरेको छ ।


जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बैठकले साउन १४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।


जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नघटेकोले गत असार २४ गतेको निर्णय यथावत् राख्दै निषेधाज्ञा लम्ब्याउनु परेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button