तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर पत्ता लगाउने बायोप्सी जाँच अब झापामै

भद्रपुर, झापा । पूर्वी क्षेत्रका जनताले क्यान्सर पत्ता लगाउने बायोप्सी जाँच र त्यसको रिपोर्टका लागि अन्यत्र धाउनुपर्ने र लामो समय कुर्नुपर्ने बाध्यता अब हटेको छ ।

झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलअन्तर्गतको पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्व स्तरीय अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएसँगै बायोप्सी जाँच र रिपोर्टका लागि काठमाडौँ वा भारतको दिल्लीसम्म धाउनुपर्ने बाध्यता हटेको हो ।

अब क्यान्सरलगायत कुनै पनि रोग पत्ता लगाउन, उपचार गराउन काठमाडौँ वा विदेश धाउनु नपर्ने अस्पतालद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले बताउनुभयो । शरीरका भित्री अङ्गमा भएका सबै प्रकारका रोगको पहिचानका लागि आवश्यक अत्याधुनिक उपकरण र जनशक्तिसहितको ल्याब सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक प्रसाईँले जानकारी दिनुभयो ।

अब बिरामीले सबै प्रकारका जाँचको तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर प्रयोगशालामार्फत रिपोर्ट प्राप्त गर्न सक्ने प्याथोलोजिष्ट डा. उज्वल राईले जानकारी दिनुभयो । डाक्टर राईका अनुसार आधुनिक उपकरणको सहायताले प्रयोगशालाबाट विश्वसनीय र भरपर्दो रिपोर्ट चाँडै प्राप्त हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button