बाढीबाट प्रभावित स्थानीय तहहरूलाई १२ लाख सहयोग
सिन्धुपाल्चोक । बाढीबाट प्रभावित स्थानीय तहहरूलाई १२ लाख सहयोग गरिएको छ । मेलम्ची नगरपालिका, पाँच पोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई नेपाल सरकारका पूर्व सचिव सुमन प्रसाद शर्माको टोलीले रकम सहयोग गरेको हो ।
मेलम्ची नगरपालिका र पाँच पोखरी गाउँपालिकालाई ३–३ लाख र हेलम्बु गाउँपालिकालाई ६ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा. शम्भुप्रसाद कट्टेलले जानकारी दिनुभयो ।
रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो भने पाँच पोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहनुभएकोमा उहाँलाई भेट गरी आज हस्तान्तरण गरिएको कट्टेलले बताउनुभयो ।
त्यस्तै, सोमबार हेलम्बु गाउँपालिकाकालाई ६ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमवार हस्तान्तरण गरिएको हो । रकम प्रदान गर्दै. कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागिपर्दा शुभेच्छुकहरूबाट स्वतःस्फूर्त रूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहयोग रकम नेपाल सरकारका पूर्व सचिव सुमन प्रसाद शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा. शम्भुप्रसाद कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्तिहरू, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीहरूबाट सङ्कलित भएको रकम हो ।








प्रतिक्रिया राख्नुहोस्