तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला ९३ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button