तनहुँको प्रसिद्ध अकला मन्दिरको मूर्ति चोरी

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिक स्थल अमला मन्दिरमा रहेको मूर्ति चोरी भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा न ६ स्थित अकला मन्दिरको मूर्ति गएराति चोरी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
मन्दिरमा भक्तजहरुले दान गरेको ठुला साना चार वटा मूर्ति हराएको पुजारी मार्फत आफूहरूले जानकारी पाएको तिमिल्सेनाले बताउनुभयो । पुजारीको भनाई उद्धृत गर्दै मन्दिरबाट रातिको समयमा कालिका भगवान्को मूर्ति दुई वटा, गणेश भगवान् र दुर्गा भगवान्को मूर्ति एक एक वटा र एउटा शङ्ख हराएको बताउनुभयो ।
अकला मन्दिर संरक्षक समितिका लेखा सदस्य नबिन वाग्लेले मूर्ति कहीँ कतै देखे वा बेच्न ल्याएमा नजिकैको प्रहरी चौकीमा जानकारी गरिदिनुहुन अपिल गर्नुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँले एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्