तपाईँ सुन्दै हुनुहुन्छः

सोमपाल कामी चितवन टाईगर्सको कप्तान

file photo

काठमाडौँ । चितवन टाईगर्सले तीव्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको छ । आगामी सिजनको इपीएलका लागि चितवनले उनलाई कप्तानको जिम्मेवारी दिएको हो । 


यसअघि सोमपाल काठमाडौं किंग्स ११ बाट खेलेका थिए । सोमपालले आबुदावी टी १० लिग, क्यानडाको ग्लोबल टी–२० लिग पनि खेलेका छन् । 


उनले हालै काठमाडौँमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा आफ्नो अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिइसकेका छन् । 

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । गत वर्षको विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् । 


कोरोनाको महामारीले गर्दा यसपालि इपीएल आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म काठमाडौंको त्रि.वि क्रिकेट मैदानमा हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button