तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक जारी

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । 

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा जारी बैठकले सोमबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेन्डा तय गर्नेछ । 

यसअघि शुक्रवार एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । 

यी दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित भएको थिएन भने भङ्ग गरिएको कार्यदल सदस्यहरूले स्थायी कमिटी बैठक रोक्न माग गर्नुभएको थियो । 

आजको बैठकमा पनि नेता नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी हुनुभएको छैन । नेपाल पक्षले  सहमतिबिना बैठक बोलाइएको भन्दै सहभागी नहुने अडान राख्दै आएको छ ।

एमालेको यसअघि शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई समर्थन र विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button