तपाईँ सुन्दै हुनुहुन्छः

भर्‍याङबाट लडेर एक महिलाको मृत्यु

पाल्पा । पाल्पाको निस्दीमा भर्‍याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दी गाउँपालिका–४ छापडाँडा बस्ने वर्ष ५१ को दिल कुमारी सुनारीको भर्‍याङबाट  लडेर मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको काठको भर्‍याङबाट अन्दाजी ८ फिट तल खस्दा ज्यान गई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्से भञ्ज्याङ्गबाट टोली खटिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button