अछामको जयगढ – मेल्लेख ग्रामीण सडक अवरुद्ध, धारा सैनका ४ घर जोखिममा
अछाम। अछामको जयगढ – मेल्लेख जोड्ने ग्रामीण सडक अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण सडकको ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्दा ग्रामीण सडक अवरुद्ध बनेको हो ।
उक्त सडक मर्मतका लागि गाउँपालिका बेखर हुँदा स्थानीयलाई सास्ती भएको स्थानीयको गुनासो छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैन लगायत मेल्लेख गाउँपालिकाको नन्देगडा लगायतका ठाउँमा सडकको अवस्था निकै बिग्रिएको छ । सडक वर्षाका कारण बिग्रेको त छदै छ तर ग्रामीण सडकको छेउछाउमा उम्रिएका ठुला झार पातले उक्त सडकमा गाडीको त के कुरा मान्छे हिँड्न समेत सकस भएको छ ।
सडककै कारण बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारा सैनका ४ वटा घर समेत पहिरोका उच्च जोखिममा परेका छन् ।जयगढ मेल्लेख जोड्ने ग्रामीण सडक निर्माण गरिएको लामो समय भइसक्दा समेत सडक गुणस्तरीय निर्माण नगर्दा अहिले घर नै पहिरोको उच्च जोखिममा परेका हुन् ।
ग्रामीण सडक मर्मत र पहिरोको उच्च जोखिममा परेका घरको पुनर्स्थापना तथा व्यवस्थापन गर्न बान्नीगढी गाउँपालिकाले छिट्टै पहल चाल्नु पर्ने पीडितको भनाइ छ ।सडकको मर्मत तथा जोखिममा रहेका घरकाे व्यवस्थापनका लागि पहल गरिने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्