तपाईँ सुन्दै हुनुहुन्छः

फरार अभियुक्त पक्राउ

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रवार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेस गरिएको बताउनुभयो ।

“अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button