तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख बिजयसालको संरक्षणमा कञ्चनपुरका सामुदायिक वनहरू जुटे

कञ्चनपुर । कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता बहु औषधीय गुण भएको बिजयसाल जोगाउनका लागि संरक्षणमा जुटेका छन् ।

लोपोन्मुख अवस्थामा पुगेका बिजयसाल जोगाउनका लागि यहाँ“का सामुदायिक वनका उपभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका छन् ।

सामुदायिक वनले वन क्षेत्रमा नमुना प्लट निर्माण गरी बिजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताउनु भयो । 

कृष्णपुर नगरपालिका स्थित जयलक्ष्मी सामुदायिक वनले १५ हेक्टर,जनहित महाकालीले २५ हेक्टर,समैजी सामुदायिक वनले २२ हेक्टर र दिपेन्द्र स्मृति सामुदायिक वनले ५ हेक्टर क्षेत्रफलमा बिजयसालका नमुना प्लट निर्माण गरेको उहाँले बताउनु भयो ।

प्राकृतिक रुपमा वन क्षेत्रमा रहको बिजयसालका रुख र बिरुवा जोगाउनका लागि अन्य सामुदायिक वनले समेत चरिचरिन पूर्ण रुपमा निषेध गर्नुका साथै संरक्षणमा उत्तिकै चासो राखेको सचिव भट्टले जानकारी दिनुभयो ।

हाल बिजयसाल सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्रै पाइने गरेको छ । बिजयसाल लोपोन्मुख अवस्थामा पुगेपछि वि.सं २०६४ सालदेखि यहाँका सामुदायिक वनले संरक्षणको कार्यलाई बढाएका र हाल २५ बढी सामुदायिक वनसम्म पुगेको छ ।

बिजयसाल लोपोन्मुख अवस्थामा पुगेको वनस्पति भएकाले यसको संरक्षणमा जोड दिनका लागि यसको ओसारपसार र विक्रिवितरणमा रोक लगाइएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताउनु भएको छ । 

बिजयसाल मधुमेह,कुष्ठरोग र चर्म रोग, जिउमा सेतो दाग र रातो,गहिरो घाउ आएमा , पिसाबका रोग,आँखाको संक्रमण,हात्तीपाइले रोग,पखाला ग्यास्ट्रिकका कारणले मुटु पोल्ने लगायतका रोगको उपचारमा परम्परागतकादेखि प्रयोग हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button