तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिनुका साथै दुई देशबिचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


यसैबिच चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बारे राजदूत यान्छीले जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button