तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीले घर भत्काउँदा बिर्तामोडमा सन्थाल परिवारको बिचल्ली

भद्रपुर, झापा । जङ्गली हात्तीले घर भत्काएपछि झापाको बिर्तामोड नगरपालिका, वडा नं ७ विरान बस्तीमा एक सन्थाल परिवारको बिचल्ली भएको छ । 

बिहीबार राति १२ः०० बजे दुई वटा जङ्गली हात्तीले फागु सोरेनको घर भत्काएर पूर्णरुपमा क्षति पुर्‍याएपछि सोरेन परिवारको बिचल्ली भएको हो । 

उनका तीन छोरा र तीन छोरी छन् । श्रीमतीको दुई वर्षअघि नै निधन भएको थियो ।

मजदुरी गरी गुजारा गर्ने सोरेन परिवारको घर हात्तीले भत्काएपछि बर्खामा निकै बिजोग भएको स्थानीय शिक्षक डिल्लीराम चम्लागाईले बताउनुभयो ।

घर भत्काउँदै गर्दा बिजुलीको तार चुँडिएर करेन्ट लागेपछि मात्र हात्ती भागेको शिक्षक चम्लागाईंले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button