तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त

काठमाडौँ । नेपालको महान्यायाधिवक्तामा अधिवक्ता खम्म बहादुर खाती नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महान्यायाधिवक्ताले नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा काम गर्नु पर्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button