तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतद्वारा जन्मकैदको सजाय पाएका फरार प्रतिवादीलाई धनुषा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नंं २ का वर्ष ७० को विकरू यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०४३ चैत २७ गरेको फैसलामा यादवलाई जन्मकैद ( २० वर्ष )को फैसला सुनाएको थियो । तर हालसम्म फरार रहेका यादवलाई गत बुधवार दिउँसो औरही गाउँपालिका १ पौडेश्वरस्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको छ । 

पक्राउ परेका यादवलाई प्रहरीले धनुषा जिल्ला अदालतमा हाजिर गराएको छ । 

धनुषा जिल्ला अदालतले जन्मकैद (२० वर्ष) का लागि झुमका कारागार पठाउने आदेश दिएको छ । 

यादवलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button