तपाईँ सुन्दै हुनुहुन्छः

मुसिकोट बजारमा सिसी क्यामेरा जडान

रुकुम । रुकुम पश्चिमको मुसिकोट बजारमा सिसी क्यामेरा जडान गरिएको छ । 

सदरमुकाम खलङ्गा बजारको अति व्यस्त र भिडभाड हुने क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको हो । 
बजार  क्षत्रेमा बढ्न सक्ने चोरी, महिला हिंसा र आपराधिक घटनाको निगरानी गर्ने उद्देश्यले सिसि क्यामेरा जडान गरिएको मुसिकोट नगरपालिकाले बताएको छ । 

प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीका अनुसार सुरक्षा चुनौती देखिएका मुख्य क्षेत्र पातुखोला, बागबजार, बराहटाकुरालगायत १२ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । 

मुसिकोट नगरपालिकाको १५ लाख लागतमा पहिलो पटक खलङ्गा बजारको सार्वजनिक क्षेत्रमा सिसि क्यामेरा जडान गरिएसँगै स्थानीयबासीमा खुसीयाली छाएको छ । 

यसअघि मुसिकोटमा सिसी क्यामेरा जडान नहुँदा बजार क्षेत्रको फोहोर मैला व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो । 

अब भने सिसी क्यामराको निगरानीले बजार क्षेत्रमा घट्ने सबै खाले आपराधिक क्रियाकलापको न्यूनीकरण र अनुसन्धानमा सहज हुने नगरपालिकाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button