तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

 
विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा आज बसेको बैठकले  प्रधानमन्त्री बन्नुभएकामा पार्टी सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । 


बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको निष्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी काँग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button