तपाईँ सुन्दै हुनुहुन्छः

इन्जिनियर आत्महत्या घटनाको छानबिन गर्न माग

अछाम। अछामको तुर्माखाँद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बुढा मृत अवस्थामा भेटिएको घटनामा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) अछाम जिल्ला कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।

असार मसान्त सकिनै लाग्दा घटेको यस घटनाले पेसागत मूल्य मान्यता भित्र रहेर काम गर्ने इन्जिनियरहरूको कार्यसम्पादन, सार्वजनिक सेवा प्रवाह माथि चुनौती सिर्जना भएको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ ।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) अछाम जिल्ला कमिटी संयोजक विवेक खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा “घटनाको सत्य तथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय अछामसँग जोडदार माग गर्दछौँ” भनिएको छ ।

अछामको तुर्माखाद गाउँपालिकामा कार्यरत ३२ वर्षीय इन्जिनियर हिक्मत बुढा सोमवार दिउँसो आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । उहाँको मङ्गलवार जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button