तपाईँ सुन्दै हुनुहुन्छः

गैँडाको आक्रमणबाट महिला घाइते

चितवन। पश्चिम चितवनका उजेली नगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेली नगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button