मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । कुश्मा नगरपालिका ८ चुवाको भीर र परादीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दुई स्थानमा गएराती पहिरो झरेर सडक अवरुद्ध भएको हो ।
परादीको पहिरो पन्छाएपनि चुवाको भीरमा ठूलो पहिरो खसेकाले खुलाउन ३ घण्टा भन्दा बढी समय लाग्ने बुढाथोकीले जानकारी दिनुभयो ।
विगत एक हप्तादेखि बन्द भएको कुश्मा– बागलुङ खण्ड भने हिजोदेखि सुचारु भएको छ । बम व्लाष्ट गरेर पहिरो पन्छाएपछि उक्त खण्ड सुचारु गराइएको हो ।








प्रतिक्रिया राख्नुहोस्