तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो दुई बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सर्वोच्च अदालतले हिजो गरेको फैसला पछिको लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।  प्रधानमन्त्रीको सम्बोधन गर्नुहुने भएसँगै आज बस्ने स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजन,रेडियो नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button