तपाईँ सुन्दै हुनुहुन्छः

साग को १४ औँ संस्करण सन् २०२३ को मार्चमा आयोजना हुने

काठमाडौँ । पाकिस्तानमा तय भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४ औँ संस्करण सन् २०२३ को मार्चमा आयोजना हुने भएको छ ।


दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औँ साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच सहरमा आयोजना हुने १४ औँ सागमा २७ खेल समावेश गरिएको छ ।

मुख्य खेलहरू लाहोरमा हुनेछ । त्यसबाहेक फैसलावाद, गुजरनवाला, इस्लामवाद र सिलाकोटमा पनि खेलहरू हुनेछ । १३ औँ साग २०१९ मा नेपालमा आयोजना भएको थियो । घरेलु सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेको थियो ।


१३ औँ सागको समापनपछि पाकिस्तानलाई १४ औँ साग आयोजनाको लागि झन्डा हस्तान्तरण गरिएको थियो । नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद आरीफ हेसनलाई १४ औँ साग आयोजनाको झन्डा हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button