एमालेको विवाद समाधान कार्यदलमा सहमति

काठमााडौँ । नेकपा (एमाले)को विवाद समाधान कार्यदलमा सहमति जुटेको छ ।आइतबार राति सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिनुभयो ।
आक्ष्तबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक आजसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्