तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर तनहुँमा युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर तनहुँमा एक युवाको मृत्यु भएको छ ।

 
शनिबार जिल्लाको ऋषिङ गाउँपालिका १ गैरीखुदीमा विद्युतीय काम गर्ने गर्नेमा २८ वर्षीय सञ्जु थापाको करेन्ट लागेर ज्यान गएको हो । 
सोही वडास्थित लेखबहादुर गर्जा मगरको घरमा विद्युत् लाइनको वरिङ गर्ने क्रममा करेन्ट लागेर तीन तला मुनी खस्दा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सहायक प्रहरी निरीक्षक राजु न्यौपानेले जानकारी दिनुभयो ।


दमौली अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँका चिकित्सकले थापालाई मृत घोषणा गरिदिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button