तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश

रुपन्देही ।  लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गर्नुभयो । 

प्रतिपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संसदमा भनाई राखेपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको हो। 

प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो। ९ गते सूचना टाँस गरेर बैठक स्थगित भएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button