गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । लामो समयपछि आज बसेको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
बजेट छलफलका लागि डाकिएको बैठकमा यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्थ माग्दै प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।
असारको दोस्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले बिरोध गरेको छ ।
आर्थिक बर्ष सकिनै लाग्दा सरकारले रकमान्तर गर्नु अवैधानिक रहेको र उक्त कार्यशैली खेदजनक रहेको भन्दै पूर्व मन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले फेहरिस्थ नआउँदासम्म सदन अघि बढ्न नसक्ने बताउनुभयो ।
सरकारले बजेट भाषण गरेको एक महिनासम्म पनि रातो र गुलाबी किताब सार्वजनिक नगरेको भन्दै गण्डकी प्रदेश सरकारको आलोचना भइरहेको छ ।
असार १ गते बजेट वक्तव्य सार्वजनिक गरेको सरकारले करिब एक महिनापछि रातो किताब तयार गरी आजदेखि बैठक सञ्चालन गर्न लागेको थियो ।








प्रतिक्रिया राख्नुहोस्