तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै

सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली आज मेलम्ची क्षेत्रको बाढी पहिरो को स्थलगत निरीक्षणको लागि सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ  ।हेलम्बु र मेलम्चीका बाढी पीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जान लाग्नुभएको हो ।

प्रधानमन्त्रीले पहिला हेलम्बु र त्यसपछि मेलम्चीको निरीक्षण गर्नुहुने  कार्यक्रम रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकार अरुण पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आजै बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्नु हुनेछ ।

हेलम्बुको गणेश बगरमा पीडितहरूसँग भेटघाट गर्ने र अहिलेसम्मको राहत र उद्धारको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम पोखरेलले प्रम ओलीलाई जानकारी गराउनु हुनेछ। मेलम्चीमा भने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी गराउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button