तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

तनहुँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्लाको म्याग्दे गाउँपालिका–१ बडचौरमा खसेको पहिरोलाई डोजरले पन्छाएर एकतर्फी राजमार्ग सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

पहिरोले शनिबार बिहान ४ बजे पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।अवरुद्ध राजमार्ग करिब चार घण्टा पछि पुनः सञ्चालनमा आएको हो ।

ठुलो ढुङ्गाहरू खसेकाले दुई तर्फ सञ्चालन ल्याउन नसकिएको ट्राफिक प्रमुख हमालले जानकारी दिनुभयो ।राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौँ, गोरखा, लमजुङ, चितवन, नवलपरासी जाने गाडी बिच बाटोमै रोकिएका थिए ।

रोकिएका सवारी साधन र यात्रु राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button