भिमादमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एक घाइते

तनहुँ । तनहुँको भिमाद नगरपालिका–३ शेर्कामा ट्याक्टर दुर्घटना भएको छ ।शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिमादबाट पुट्टारतर्फ निर्माण सामाग्री ढुवानी गर्न जाँदै गरेको लु४त ७२०७ ट्याक्टर शेर्का घुम्ती नजिक आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
सडकबाट करिब २० मिटर तल खस्दा घिरिङ गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षका यदुराज घिमिरेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । सवारी चालक अन्दाजी २६ वर्षका ऋषि अधिकारी घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते चालकलाई उपचारको लागी गण्डकी अस्पताल पोखरा लगिएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य ५ जना भने सामान्य रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्