मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई हुतराज अर्धचन्द्रको सहयोग
सिन्धुपाल्चोक । इन्द्रावती बाढी प्रभावितले दैनिक गुजारा चलाउन समेत मुस्किल परेका २६ परिवारलाई हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले शुक्रवार आर्थिक सहयोग गरेको छ ।
मेलम्ची नगरपालिकाका एकल, असहाय, अपाङ्गता भएका बाढी प्रभावितलाई प्राथमिकतामा राखी प्रतिपरिवार रु. दश हजार सहयोग प्रदान गरिएको सञ्चारकर्मी मधु पाठकले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाको राहत कोषमा जम्मा हुने गरी तीन लाख रुपियाँ हस्तान्तरण गरिएको छ । संस्थाका सल्लाहकार शम्भुप्रसाद पाण्डेले मेलम्ची नगर प्रमुख डम्बर अर्याललाई सो रकम अर्पण गर्नुभएको हो । रकम ग्रहणपश्चात् नगर प्रमुख अर्यालले प्राप्त रकमले साँच्चै प्रभावितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका सल्लाहकार पाण्डेले थोरै रकम भए पनि प्रभावित समुदायलाई सानै भए पनि सहयोग पुगोस् भन्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका प्रभावितलाई पनि संस्थाले सहयोग गर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्