तास खेलिरहेको अवस्थामा चार जना पक्राउ
सुनसरी । सुनसरी प्रहरीले रकमसहित तास खेलिरहेको अवस्थामा चार जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालावन्जरको द फायर एन्ड पुल हाउसका सञ्चालक बराहक्षेत्र –३ बस्ने २४ वर्षीय नारायण कार्की, बराहक्षेत्र– ३ का ३४ वर्षीय शम्भु खड्का,४२ वर्षीय गुरु धमला र बराहक्षेत्र–४ बस्ने २७ वर्षीय गिरिजा धामी रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।
एसपी थापाका अनुसार प्रहरीले छापामार्दा नगद १ एक लाख ४८ हजार चार सय ९५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको कमान्डमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई मुलुकी अपराध ९सहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्