तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । बिपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा।चूडामणि पोखरेलले दिनुभएको जानकारी अनुसार कोभिड– १९ अस्पतालमा उपचारको क्रममा धरान–८ का ६७ वर्षीय महिला र धरान ११ का ९१ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो ।

धरान–८ का ६७ वर्षीय महिलालाई असार १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गए राति २ बजेर २० मिनेटमा मृत्यु भएको थियो ।

यस्तै धरान–११ का ९१ वर्षीय वृद्ध पुरुषलाई असार २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि गए राति १ बजेर १८ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button