तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना खोपको माग राख्दै अर्घाखाँचीका शिक्षक धर्नामा

अर्घाखाँची । कोरोना खोपको माग गर्दै अर्घाखाँचीका शिक्षकहरू आन्दोलित छन् ।

शिक्षकहरूले आज शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीमा धर्ना दिएका छन् ।

शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, सङ्घीय सरकारको बजेट अनुसारका बाल विकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेसागत सङ्घ सङ्गठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका माग राखी धर्ना दिएका हुन् ।

शिक्षक, विद्यालय कर्मचारीहरू र बाल विकासका शिक्षकहरूले नेपाल शिक्षक महासङ्घको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button