तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जना वृद्धको मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ पिप्राहीमा करेन्ट लागेर ५५ वर्षीय वौवालाल साहको मृत्यु भएको छ ।

नुहाउनको लागि पानी तान्ने क्रममा बिहीबार मोटरमा भएको नाङ्गो तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि रुपनीस्थित यूनिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button