तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा एक सयले बढ्यो, आज तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button