तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग अझै खुलेन

पाल्पा । बुधवार रातीबाट अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । तिनाउँ गाउँपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत गिट्टी खानीमा पहिरो जाँदा अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । 

तिनाउ ५ गिट्टी खानीमा १ सय मिटर लामो पहिरो खुलाउन ३ वटा डोजरले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । त्वातीका अनुसार पानी नपरे अबको ३ घण्टामा सडक एकतर्फी खुल्ने छ । बिहीबार बिहान पहिरोमा परि सोही स्थानका बीर बहादुर गुरुङको ज्यान गएको थियो ।

त्यस्तै आर्यभन्ज्याङ्ग रामपुर सडकको रम्भा ३ सीता पहाडमा पहिरो जाँदा अवरुद्ध भएको सडक भने सुचारु भएको छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button