तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार भन्दा कम

जनकपुरधाम । प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा तल झरेको छ ।

कोरोना सङ्क्रमितहरूको निको हुने दर नयाँ संक्रमित भन्दा निक्कै बढी भएकाले कोरोनाका सक्रिय संक्रमितहरु दिन दिनै डिस्चार्ज भएर घर फर्किन थालेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले प्रदेशको ८ वटा जिल्लामा गरेर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ५६ रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । कुनै वेला सक्रिय सङ्क्रमितको सङ्ख्या साढे एघार हजार नाघेको पनि प्रदेश २ को स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

आज मात्र धनुषामा ४ जना तथा पर्सा जिल्लामा ३ जना नयाँ संक्रमित थप भए पनि प्रदेश भरिमा निको हुनेको सङ्ख्या ७१ जना रहेका छन् । संक्रमित हुनेको सङ्ख्यामा कमी हुन थालेपछि संस्थागत तथा होमआइसोलेशन खाली हुन थालेको छ ।

सक्रिय संक्रमित मध्ये संस्थागत आइसोलेशनमा हुनेको सङ्ख्यामा व्यापक मात्रामा कमी आएर ८ वटै जिल्लामा गरेर ३६ जना मात्र रहेका छन् होम आइसोलेसनमा अहिले पनि ९ सय ३० जनाले उपचार गराई राख्नु भएको छ ।

जिल्लागत रुपमा कोरोनाका सबै भन्दा बढी सक्रिय संक्रमित महोत्तरी जिल्लामा रहेको छ । महोत्तरीको संस्थागत आइसोलेसनमा ५ जना तथा होम आइसोलेशनमा ५ सय १० जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय १५ जना रहेका छन् । यसै गरी सप्तरी जिल्लामा संस्थागत आइसोलेशनमा ४ तथा होम आइसोलेशनमा ९५ गरेर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ सय रहेका छन् ।

सिरहा जिल्लाको संस्थागत आइसोलेशनमा १ जना होमआइसोलेशनमा ३० जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ जना रहेका छन् भने धनुषा जिल्लाको संस्थागत आइसोलेशनमा १० जना तथा होम आइसोलेशनमा ९९ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ जना रहेका छन् ।

सर्लाही जिल्लाको संस्थागत आइसोलेशनमा ५ जना, होम आइसोलेशनमा ३८ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ जना रहेका छन् भने रौतहट जिल्लाको होम आइसोलेशनमा २३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

बारा जिल्लाको संस्थागत आइसोलेशनमा ६ जना तथा होमआइसोलेशनमा १ सय २ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ८ जना रहेका छन् भने पर्सा जिल्लाको संस्थागत आइसोलेशनमा ५ जना तथा होमआइसोलेशनमा २३ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २८ जना रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button