फुटसल सञ्चालन गर्न ज्ञापनपत्र

काठमाडौँ । फुटसल व्यवसायीहरूको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौँ जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल अविलम्ब सञ्चालनका लागि सङ्घले प्रशासनमा ज्ञापन पत्र बुझाएको हो । सङ्घले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनको लागि अनुमति दिन माग गरिएको छ । सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्