तनहुँको ऋषिङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु, ४ वटा घर पुरियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले पुर्दा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर ७ दधिवनमा पहिरोले पुरिएर स्थानीय ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

दधिवनका ४ घर पनि पहिरोले पुरेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताउनुभयो ।आज बिहान मात्रै ऋषिङ–८ माझकोटमा पहिरोमा पुरिएर अन्दाजी ४१ वर्षीय खुमबहादुर थापा बेपत्ता हुनुहुन्छ ।
बिहान साढे ५ बजे गोठमा जाने क्रममा गोठ माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थापाको खोजी कार्य जारी छ ।गत वर्ष पनि ऋषिङ गाउँपालिकामा पहिरोले मानवीय र अन्य क्षति पु¥याएको थियो ।








प्रतिक्रिया राख्नुहोस्