ठुलो परिमाणको गाँजासहित गाडी नियन्त्रणमा
वाग्मती। प्रहरीले करिब १२१ किलो अवैध लागु औषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
हेटाँैडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यमिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिक अप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए । शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाई छिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फरार रहेका चालकको खोजी कार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्