तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर कर्मचारीको मृत्यु

झापा। विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो ।

बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड पु¥याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button