तपाईँ सुन्दै हुनुहुन्छः

आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा

काठमाडौँ ।आजदेखि राष्ट्रिय वाणिज्य बैङ्कले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैङ्किङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैङ्क हो ।

अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैङ्कलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैङ्किङलाई छुट्टाइएको छ । बाँकी रहेको रु आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ ।

म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम रु एक करोड इकाई सम्म आवेदन दिन सकिने छ । निष्कासन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ । यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बुकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।

यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button